सुनको भाउ बढयो, चाँदीको स्थिर

नेपालखोज २०७८ फागुन ८ गते ११:३९


काठमाडौं । नेपाली बजारमा आज (आईतबार) सुनको भाउ बढेको छ, भने चाँदीको मुल्य स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला १ सय रूपैयाँले बढेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मुल्य स्थिर रहेको । आज चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया