प्रचण्डले भने- एमसीसीलाई सदनभन्दा संसदीय समितिमा लैजानुपर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदीय समितिमा लैजानुपर्नेमा जाड दिएका छन् । आज (आइतबार) बसेको गठबन्धनको बैठकमा प्रचण्डले एमसीसीलाई सदनमा भन्दा सदनमा लैजानुपर्ने बताएका हुन् ।
प्रचण्डको अभिव्यक्ति सार्वजनिकसँगै उनकी स्वकिय सचिव गंगा दहालले एमसीसी सम्बन्धमा सामाजिक सन्जालमा लेखेकी छन् ।
गंगाले सामाजिक सन्जालमा लेखेकी छन्, ‘अध्यक्ष कमरेडले, यदि तपाईं टेबल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो तर प्रधानमन्त्रीज्यू भने टेबल गरेर प्रक्रियामा लैजाने अडानमा रहनुभएको छ,’ गंगाले भनेकी छन् ,‘अध्यक्ष कमरेड प्रचण्डले, कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो । ’

प्रतिक्रिया