साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएँ : अध्यक्ष हमाल
नेपालखोज
२०७८ फागुन ८ गते १५:४०

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । आज हमालले पुँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गरेका हुन ।
पदभार ग्रहणगर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताए । उनले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् । अध्यक्ष हमालले सेयर बजारलाई स्वाच्छ र पारदर्शीरुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियामकको भूमिका आफूले निभाउने बताए ।
हमाललाई गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्त पछि हमालले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनियताको शपथ लिएका थिए ।
सम्बन्धित

प्रतिक्रिया