राष्ट्र बैंकले पुनः ८ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः आठ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने फागुन १० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको छ । सो मध्ये छ अर्ब रुपैयाँको ट्रेजरी नयाँ रहेको छ, भने बाँकी पुरानो नविरण अन्र्तगतको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७९ जेठ १० गते तोकिएको छ, भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ भदौँ सात गते तोकिएको छ । यसअघि यही फागुन दुई गते पनि राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


प्रतिक्रिया