‘संविधान मिचेर संसद्‌मा जबरजस्ती एमसीसी टेबुल गर्नु संविधानविरोधी’

नेपालखोज २०७८ फागुन ८ गते १८:०३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद् तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीय ऐन नै नबनाइ संविधान मिचेर जबरजस्ती एमसीसी संसदमा टेबुल गर्नु संविधान बिरोधी भएको दाबी गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद् खनालले सरकारमा रहेका दलहरुको असहमतिमा संसदमा एमसीसी टेबुल गरिनु संविधानलाई मिच्ने काम भएको बताए । प्रमुख प्रतिपक्षले अवरोध गरिरहेका बेला कार्यसूचिसमेत ल्याउन नमिल्ने भन्दै सांसद् खनालले सरकारले राष्ट्रियता र स्वाधिनताको दीर्घकालीन कुरालाई संसद अवरोधका बेलामा पेस गर्नु लज्जास्पद रहेको बताए ।

उनले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकले एमसीसी पास गर्न दिने कुराको निर्णय नगरेको भन्दै अमेरिकाको दबावले सिंगो नेपाल विभाजित भएको बताए । सांसद् खनालले एउटा आर्थिक सहायताको लागि देश विभाजन गर्न नमिल्ने बताए ।

प्रतिक्रिया