‘रावल, गुरुङ र खनालले एमसीसी राष्ट्रघाती हो भन्ने हैसियत राख्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले भीम रावल, देव गुरुङ र झलनाथ खनालले एमसीसी राष्ट्रघाती हो भन्ने हैसियत राख्न नमिल्ने टिप्पणी गरेका छन् । उनले एमसीसी राष्ट्रघाती हो भन्नेहरुले पार्टीका प्रमुख नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सदनमा राष्ट्रघाती मुर्दावाद भन्ने हैसियत राख्न सक्नुपर्ने बताए ।
आज प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद् थापाले एमालेको अवरोधबीच एमसीसी संसदमा छलफल हुन्छ वा हुँदैन भन्ने कुराको शंका आजबाट सकिएको समेत बताए । उनले अबका दिनमा नाराबाजीकै बीचमा एमसीसीबारे छलफल हुने पनि उनले बताए ।
सांसद् थापाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अब पनि दोहोरो चरित्र देखाउन नमिल्ने बताए । उनले पक्ष वा विपक्ष के कुरामा मत हाल्ने हो त्यो बारेमा आफ्नो पार्टीको स्पष्ट धारणा निकाल्नुपर्ने बताए ।
सांसद् थापाले संसदमा एमसीसी पास भएको र यसलाई संशोधन गर्ने विकल्पसहित अघि बढ्न सकिने बताए । उनले आज एमसीसी संसदमा पेस गर्न सहमत भएका दलहरु पनि एमसीसी पास गर्ने दिनसम्म मत दिनका लागि तयार हुने बताए ।

प्रतिक्रिया