पोखरामा इतिहासकै बाक्लो र धेरै असिना पानी ! (फोटो फिचर)

पोखरा। पोखरामा आज इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमरसिंह चेकको भागमा असिनाले टपक्कै छोपेको थियो ।

गुडिरहेका बसहरु रोकिएका थिए, भने बाटो हिँडिरहेका मान्छेहरु ओत बसेका थिए् । सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परेका छन् । बिहानैदेखि मौसम अध्यारो भए पनि यति धेरै असिना पानी आउने आँकलन नभएकाले पोखराका बजार क्षेत्र अवरुद्ध भएको छ । असिनाले जनजीवनका साथै व्यापार व्यवसाय प्रभावित भएका छन् ।

बाटोमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको छ । अचानक परेको असिना पानीका कारण थुप्रै सवारी बाटोमै रोकिएका थिए । त्यस क्षेत्रमा चार इन्चदेखि एक फुटसम्म असिना जमेको थियो । यसरी असिना परेको पहिलो पटक भएको स्थानीय थम्मन ठकुरीले बताए ।

असिना पानीले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा क्षति पुगेको छ । असिना पानीले अवरुद्ध मानिसहरु बाटोमै अलपत्र परेका थिए । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताए ।

उनले बेमौसमी तरकारीमा यसले ठूलो क्षेती पुर्याएको बताएका छन् । आलु, रायोलगायतका तरकारी बाली लगाएको जमिनमा केको खेति थियो भन्ने नै नदेखिने गरि असिनाको खात लागेको देखिन्छ । असिनाका कारण चारपांग्रे सवारी साधनसमेत चल्न नसक्ने अवस्था आएको देखिएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परिरहेको मौसमविद्हरुले बताएका छन् । अबको एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया