‘संसदमा एमसीसी टेवल गरेर सरकारले लोकतन्त्रकै उपहास गर्यो’

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेस गरिएको एमसीसी सम्झौंता निर्णयार्थ पेस हुनु अघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले एमसीसी बलजफ्ती संसदमा टेवल गरिए सरकार छोडने पार्टी संसदीय दल र सचिवालयको बैठकको निर्णय परिवर्तन नहुने अडान समेत राखे । एमसीसी संसदमा टेवल भएपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीको निर्णयअनुसार अब आफूहरु सरकारमा बस्न नसक्ने स्पष्ट पारे ।
नेता श्रेष्ठले एमसीसी जस्तो नेपाललाई दूरगामी असर पुर्याउने र राष्ट्रियतासँग सम्बन्धित तथा सिंगो नेपाली समाज विभाजित भएको संवेदनशील सम्झौंतालाई प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरुद्ध पारिरहेको बेला संसदमा टेवल गरेको भन्दै आपत्ति जनाए ।
संसदमा सो सम्झौता टेवल गरेर सरकारले लोकतन्त्रकै उपहास गरेको उनको आरोप थियो । नेता श्रेष्ठले सो सम्झौतालाई संसदबाट असफल बनाउन सम्पूर्ण सांसदहरु र नेपाली जनतालाई पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया