ए डिभिजन लिगमा आज ब्रिगेड र सातदोबाटो भिड्दै
नेपालखोज
२०७८ फागुन ९ गते ७:०५

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
ब्रिगेडका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । रेलिगेसनबाट जोगिन ब्रिगेडलाई सातदोबाटोविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । ब्रिगेड ११ खेलमा ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया