शुक्रबार, जेठ ४, २०८१

विश्वकप छनोटमा नेपाल-क्यानडा भिड्दै

नेपालखोज २०७८ फागुन ९ गते १०:०२

काठमाडौं । आईसीसी टी– ट्वान्टी विश्वकप छनोट ‘ए’ मा नेपालले आज (सोमबार) क्यानडासँग खुेल्दैछ । नेपाल र क्यानडाबीच दिउँसो पौने ४ बजे अलअमेरत क्रिकेट स्टेडियममा खेल हुनेछ । नेपालले दुई खेलबाट ४ अंक जोडेको छ ।

नेपाल सेमिफाइनल प्रवेशको सबैभन्दा धेरै सम्भावना बोकेको समूह भएको छ । नेपालले पहिलो खेलमा ओमनलाई हराएको थियो । यस्तै दोस्रो खेलमा फिलिपिन्सलाई पराजित गरेको थियो ।

क्यानडा र ओमनले दुई खेलमा १ जित र १ हार ब्यहोर्दै समान २ अंक छ । फिलिपिन्सले नेपाल र क्यानडासँग पराजय ब्यहोरिसकेको छ ।

प्रतिक्रिया