बुधबार, जेठ २, २०८१

भारतमा सक्रिय संक्रमितको संख्या घट्दै, चौबीस घण्टामा थपिए १६ हजार नयाँ संक्रमित

नेपालखोज २०७८ फागुन ९ गते १४:४२

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना संक्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ३७ हजार ९०१ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाको संख्याभन्दा संक्रमणणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमितको संख्या घट्दै गएको छ।

भारतमा कोरोनाका चार करोड २१ लाख २४ हजार ९८४ जना संक्रमण मुक्त भएका छन् । अधिकारीका अनुसार, भारतमा अहिले कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या दुई लाख २ हजार १३१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय संक्रमित घटेका समाचारमा जनाइएको छ । कोरोना भाइरसका कारण भारतमा पछिल्लो एक दिनमा २०६ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन । यससँगै भारतमा कोरोना संक्रमणको कारण हालसम्म पाँच लाख १२ हजार १०९ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया