प्रचण्डले भने – एमसीसीका कारण गठबन्धन टुट्दैन

नेपालखोज २०७८ फागुन ९ गते १७:५८

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।

आज सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष दाहालले यस्ते बताएका हुन् ।

उनले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिए । बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष दाहालले बताए ।

कांग्रेस वरिष्ठ नेता पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया