रडाको राप्रपा र कमल थापाको

नेपालखोज २०७८ फागुन १० गते ११:०३

कमल थापा नेतृत्वको राप्रपाद्वारा हिजो गठित स्थानीय निकाय निर्वाचन घोषणापत्र तयारी समितिका संयोजक सुरेश आचार्य लेख्छन्- २०७३ को एकता महाधिवेशन र २०७६ सालमा विभिन्न गणतान्त्रिक पार्टीहरुसँग एकीकरण गर्नु राप्रपा नेपालको ऐतिहासिक भूल थियो भन्ने तथ्य २०७८ को एकता महाधिवेशनबाट प्रमाणित भएको छ ।

२०७३ को एकता महाधिवेशनमा राप्रपा नेपालले आफ्नो ‘नाम’ गुमायो, २०७६ सालको एकता सम्झौताबाट राप्रपा नेपालले आफ्नो बहुचर्चित चुनाव चिह्‍न ‘गाई’ र ‘झन्डा’ गुमायो, र २०७८ सालको एकता महाधिवेशनमा राप्रपा नेपालले आफ्नो प्रभावशाली नेता कमल थापालाई राजनीतिक क्षितिजबाट गुमाउन पुगेको थियो ।

यसरी आफ्नो सर्वश्वहरण भएपछि अब ‘राप्रपा नेपाल’ का नेता कार्यकर्ता जागेका छन् ।‌ अब ‘राप्रपा नेपाल’ आफ्नो गुमेको सर्वश्व फिर्ता गर्ने अभियानमा छ । हामी पहिल्येकै ‘असली राप्रपा नेपाल’ को रूपमा पुन:स्थापित हुने अभियानमा लागेका छौं । गत एक साताको राजनीतिक कसरतबाट राप्रपा नेपालले आफ्नो ‘नाम’ फिर्ता पाएको छ, त्यसपछि आफ्ना ‘प्रभावशाली नेता’ फिर्ता गरेको छ, र अब केही दिनमा नै राप्रपा नेपालले ‘गाई’ चुनाव चिह्‌न पनि फिर्ता लिनेछ ।

आचार्यको धारणामा प्रतिक्रिया जनाउँदै विशालविक्रम शाह भन्छन्- चिम्पान्जी चुनाव चिह्‌न र क्रस चिह्‌न भएको झन्डा राख्दा कमल थापालाई सुहाउँछ । त्यही सल्लाह दिनुहोला सुरेशजी । बाँदर प्रवृत्ति, कोही पनि उपविजेता नहुने पार्टी ! सम्झनु होला यसले त पहिल्यै यस्तो भनेको थियो भनेर ।

यसैगरी गोपाल किरणक‍ो धारणा छ- हडबडाहटमा कमलजीले जे गर्नुभयो त्यो निश्चित रुपमा सही कदम भन्न मिल्दैन, ‘म’ भनेर भनी अहम् लाई ‘हामी’ मा परिवर्तन गर्न न सक्नु सबै भन्दा कमजोरी हो र मैले वा मेरो ननमबाट सबै हुन्छ भन्नु हेपाह प्रवृत्ति हो ।

यता राजकुमार कार्की भने कमल थापामा सम्भावना देख्छन् । कार्की लेख्छन्- कमल थापाले चुनावको मुखमा तत्कालीन देउवा सरकारमा सहभागी हुनु गम्भीर राजनीतिक भूल थियो । ओली सरकारमा सहभागी जनाउँदा वाहिवाही पाएकै हुन् । प्रचण्ड सरकारमा सहभागी भएका थिएनन् भने देशमा चुनाव हुने वातावरण बिग्रन्थ्यो र मुलुकमा जनप्रतिनिधिविहीन भइरहने अवस्था आउँथ्यो । अब कमल थापाले देश बनाउने स्पष्ट खाका तयार पारेर अगाडि बढ्नुपर्छ । यस्तो देश र यस्तो समाजको परिकल्पना गरेका छौं भनेर जनतालाई देखाउन सक्नुपर्छ, थापामा त्यो सम्भावना छ पनि ।
ठाकुरप्रसाद बरालको व्यंग्य छ- राप्रपा नेपालको चुनाव चिह्‌न गाई एउटा ब्रान्ड हो ठीकै हो तर कमल थापाजीलाई चाहि छेपारो चिह्‍न प्रदान गर्दा सुहाउँछ भन्छन् त जनता !!

रमेशराज बास्तोलाक‍ो धारणामा कमल थापाप्रति जति सम्मान थियो जति आदर थियो अब कुनै हालतले हुँदैन । बास्तोला भन्छन्- राप्रपा नेपालको एजेन्डा हिन्दु राष्ट्र थियो, चिह्‌न गाई थियो अबको एजेन्डा गणतन्त्र अनि चिह्‌न गोरु छ कसरी हुन्छ यस्तो ? एउटा धूर्त नेताका रुपमा चिन्नुपर्छ कमल थापालाई इतिहासमा अब ।

अर्का टिप्पणीकार सुरेश पौडेल भन्छन्- पटकपटक ऐतिहासिक भूल गर्ने, कहिले गाई त कहिले झन्डा गुमाउने, अनि सर्वस्व गुमाउँदा गुमाउँदै पनि पटकपटक विभिन्न गणतान्त्रिक सरकारमा कोही उपप्रधान त अरु केही विभिन्न मन्त्रालयहरुमा जाँदाजाँदै अहिले राजसंस्था पनि गुमाएको अवस्था, हैन त सर ?
प्रेम पोखरेल लेख्छन्- कमल थापाजीको प्रालि कम्पनी पो हो भन्छ्न त दाइ ।
यसैगरी अन्य प्रतिक्रिया :
भेडा-भेडासँग बाख्रा-बाख्रासँग भन्ने पनि देखियो ।
पुष्प मानन्धर

गाई पाए गीताको शपथ लिएर मिसनरीलाई दूध बेच्ने दाउ होला कमल थापाको कि कसो दाइ !
केशव पी खतिवडा

स्टाटस पढे । राम्रोसँग लेख्नुभएको छ । पक्कै राम्रो ज्ञान अध्ययन भएकै व्यक्ति हुनुहुन्छ नै । तर मित्र… तपाईं जस्तो बौद्धिक व्यक्तिलाई अनुरोध गर्न चाहन्छु । मित्र नबिर्सनु होस्, नेपाली जनताले सबै बुझेका जानेका छन् । कसलाई कसरी कहाँबाट कसले उठायो ? कसरी के के बनायो ? बनेर बन्ने मान्छेले के गर्यो ? के कति इमानदारिता देखायो ? विचारअनुसार व्यवहार गर्यो गरेन ? यी सारा सबै जनतालाई थाहा छ ।

तपाईंले आफ्नो राम्रो लेखनशैलीलाई कालोलाई सेतो बनाउन दुरूपयोग गरेर आफ्नै वौद्धिकताको स्तर नघटाउनु होस् ।
भुपनारायण घर्तीमगर

दाइ, पार्टी फुटेकाबेला महामन्त्री हुने मान्छे भएको भयै हुन्छ, पछि फर्किनु पर्दैन । एकीकरण भए नि हैसियत गिर्दैन, आफैँ त्यो बारी सोच्नुहोला र कोही राम्रा मान्छे भए प्रोत्साहित गर्नु होला दाइ, शुभकामना ।
युवराज आचार्य

असली राप्रपा नेपाल भनेको बरमझिया को पेडा जस्तो ।
पूर्ण बस्नेत

प्रतिक्रिया