‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै
नेपालखोज
२०७८ फागुन १० गते ७:१२

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। पुलिस र एपीएफबीचको विभागीय डर्बी खेल दिउँसो १ बजे सुरु हुनेछ ।
पुलिस आज एपीएफलाई हराउँदै अंक तालिका सुधारको योजनामा हुनेछ । पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एपीएफ पनि पुलिसलाई हराउने योजनामा हुनेछ । एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र संकटाबीचको खेल ४स्४५ बजे सुरु हुनेछ । आर्मी ११ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आज संकटालाई हराएर आर्मी दोस्रो स्थानमा उक्लन चाहन्छ । संकटा पनि आर्मीलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ।
सम्बन्धित
प्रतिक्रिया