बुधबार, जेठ २, २०८१

उत्तराखण्डमा गाडी दुर्घटना, ११ जनाको मृत्यु

नेपालखोज २०७८ फागुन १० गते १६:३०

चम्पावत । भारतको उत्तराखण्ड राज्यमा मंगलबार बिहान भएको गाडी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते भएका छन् ।

गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाल्डोमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। पीडितहरू राज्यको चम्पावत क्षेत्रका भएको र विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको थियो।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया