शुक्रबार, जेठ ४, २०८१

यूएईले दियो १७६ रनको लक्ष्य, विश्वकपमा पुग्ला त नेपाल ?

नेपालखोज २०७८ फागुन १० गते १७:२२

काठमाडौं । आइसीसी टीट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले युएईबाट एक सय ७६ रनको लक्ष्य पाएको छ । ओमान स्थित अल अमारत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो ।

सुरुवात राम्रो गर्न नसकेको यूएईका लागि मुहमद वासिमले विस्फोटक अर्धशतक बनाए । नेपालका जितेन्द्र मुखियाले युएईका ओपनर चिराग सुरीलाई ब्यक्तिगत चार रनमा बोल्ड गरे । जसका कारण युएईले ६ रनमा पहिलो विकेट गुमाएको छ । त्यसपछि युएईको स्कोर ७२ रन हुँदा विस्फोटक ब्याटिङ गरिरहेका अरभिन्दलाई सन्दिप लामिछानेले आउट गरे । सन्दिपको बलमा बोल्ड हुन अगाडी अरभिन्दले २३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए ।

त्यसपछि मुहम्मद उस्मान र मुहमद वासिमले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याएका थिए । तर उस्मानलाई अभिनाश बोहराले ज्ञानेन्द्र मल्लको हातबाट १७ रनमा आउट गरे । जसका कारण यूएईले एक सय १३६ रनमा तेस्रो विकेट गुमायो ।
तर त्यसपछि यूएईले स्कोरबोर्डमा अरु २५ रन जोड्दा थप चार विकेट गुमायो । जसका कारण उसको रनको गतिमा केहि ब्रेक लागेको थियो ।

१६ ओभरको पाँचौं बलमा अभिनाशले अर्को विकेट लिन सफल भए । आफ्नो तेस्रो ओभरको पाँचौं बलमा विस्फोटक पारी खेलिरहेका वासिमलाई ७० रनमा आउट गरे । वासिमले ४८ बलमा चार चौका र चार छक्का प्रहार गरे । जसका कारण यूएईले एक सय ४१ रनमा चौथो विकेट गुमायो ।
त्यसको लगत्तै यूएईले पाँचौं विकेट गुमायो । उसका बासिल हमिदलाई जितेन्द्र मुखियाले विवेक यादवको हातबाट आउन गराए । बासिलले दुई विकेट लिए । जसका कारण यूएईले एक सय ४१ रनमा पाँचौं विकेट गुमायो ।

युएईको स्कोर एक सय ५४ रन हुँदा छैटौं विकेट गयो । जितेन्द्र मुखियाले जावर फरिदलाई ब्यक्तिगत ११ रनमा आउट गरे । त्यसपछि उसको स्कोर एक सय ६१ रन हुँदा नेपालले सातौं विकेट लियो । उसका कासिफ दौड मात्र चार रनमा अभिनाश बोहराको बलमा आउट भए ।
बलिङमा अभिनाश बोहरा र जितेन्द्र मुखियाले तीन तीन विकेट लिए । अभिनाशले चार ओभरमा ४६ रन खर्चिएर तीन विकेट लिए भने जितेन्द्रले तीन ओभरमा ३५ रन खर्चिदै तीन विकेट लिए । यस्तै सन्दीपको नाममा एक विकेट रह्यो ।

प्रतिक्रिया