वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन !
नेपालखोज
२०७८ फागुन ११ गते ९:३३

काठमाडौं । वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा गएराति निधन भएको हो।
राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’का अनुसार गेटमा लडेर खुट्टा भित्र र टाउको बाहिर भई लडिरहेको अवस्थामा बिहान दुध ल्याउने मान्छेले देखेका थिए। त्यसपछि दुध ल्याउने मान्छेले घरका सदस्यलाई खबर गरेका थिए।
कलाकार लामाको आजै अन्त्येष्टि गरिने कलाकार श्रेष्ठले जानकारी दिए। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामा गायक, नृत्य निर्देशक, कलाकार, लोकगीत संकलक समेत थिए। लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । लामाका दुई छोरा र श्रीमती छन्।
सम्बन्धित

प्रतिक्रिया