लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने
नेपालखोज
२०७८ फागुन ११ गते १६:४८

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशसन (एमसीसी) को पक्षमा मतदान गर्ने भएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। प्रतिनिधिसभामा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । संसदीय दलको बैठकले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो ।
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । संसद् सचिवालयले भोलि एमसीसीमाथि छलफल हुने कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ ।
सम्बन्धित

प्रतिक्रिया