चौबीस घण्टामा थपिए ३१२ संक्रमित, ९११ जना डिस्चार्ज

नेपालखोज २०७८ फागुन ११ गते १७:११

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ३१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ५ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ र ३ हजार ५९० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५६ जना गरि कुल ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ९० रहेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ९११ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ५४ हजार ३४१ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ७ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९३० पुगेको छ।

त्यस्तै, गत चौबीस घण्टामा देशभर थप १ लाख ३५ हजार ७९० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया