एमाले कसैले हराउन नसक्ने योद्धा : ओली भन्छन् – बाँकी जिन्दगी देश र जनताको हितमा समर्पित गर्छु

नेपालखोज २०७८ फागुन ११ गते १७:५४

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन् । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै फेरि निर्वाचनको माध्यामबाट सरकारमा आउने दाबी समेत गरे ।

आफ्नो ७१औं जन्मदिनको अवसर पारेर आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको पनि बताए । अध्यक्ष ओलीले आफूहरुले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको आरोप समेत लगाए ।

अध्यक्ष ओलीले आफ्नो बाँकी जिन्दगी सम्पूर्णरुपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिवद्धता पनि दोहोर्‍याए । त्यस अवसरमा उनले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेता, कार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गरे ।

कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गरेको विचारहरुको संगालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको छ ।

प्रतिक्रिया