सोमबार, वैशाख १५, २०८२

महाशिवरात्रिमा बन्दै छ ५ ग्रहको महासंयोग

नेपालखोज २०७८ फागुन १२ गते ५:०१

भगवान् शिव तथा माता पार्वतीको मिलन उत्सवका रुपमा महाशिवरात्रि मनाइन्छ । यो दिन विधि-विधानपूर्वक भगवान् शंकरको पूजा-आराधना गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ । बाबा भोलेनाथमा समर्पित महाशिवरात्रिका दिन यसपटक पञ्चग्रही योग बन्नुले यो दिनको महत्त्व अझ बढेको छ ।

ग्रहहरुको शुभ संयोग
यसपटकको महाशिवरात्रिमा ग्रहहरुको शुभ संयोग तयार हुँदै छ । भनिन्छ- मकर राशिक‍ो बाह्रौं भावमा पञ्चग्रही योग निर्माण भइरहेको छ जुन राशिमा मंगल, बुध, शुक्र, चन्द्रमा तथा शनि विराजमान हुनेछन् ।

महाशिवरात्रिको शुभ मुहूर्त
महाशिवरात्रिको दिन बिहान १२ बजेर २ मिनेटदेखि दिउँसो १२ बजेर ४९ मिनेटसम्मको समयलाई अभिजित मुहूर्त बताइएको छ । दिउँसो २:२२ देखि ३:१८ सम्मको समय विजय मुहूर्त रहनेछ भने साँझ ६:३ देखि ६:२७ सम्मको समय गोधुँलि मुहूर्त रहनेछ ।

महाशिवरात्रि पूजा
१. माटो वा तामाको भाँडामा पानी वा दूध भरेर माथिबाट बेलपत्र, आँकको पात तथा धतूरोक‍ो फूल, चामल आदि हालेर शिवलिंगमा चढाउन सकिन्छ ।
२. महाशिवरात्रिको दिन शिवपुराणको पाठ, महामृत्युञ्जय मन्त्र वा शिवको मन्त्र ॐ नमः शिवाय जप गर्नुपर्छ । यसका साथ महाशिवरात्रिका दिन रात्रि जागरणको विधानसमेत छ ।
३. शास्त्रअनुसार, महाशिवरात्रिको पूजा निशीलकालमा गर्नु उत्तम हुन्छ । यद्यपि भक्तजनले आफ्नो सुविधानुसार कुनै पनि समय भगवान् शिवको पूजा गर्न सक्छन् ।

प्रतिक्रिया