बुधबार, जेठ १, २०८२

मोटरसाइकलसहित एक जना प्रहरी नियन्त्रणमा

नेपालखोज २०७८ फागुन १२ गते १३:५२

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरेको छ । पक्राउमा पर्नेमा २३ वर्षीया आर्टी तामाङ रहेका छन् ।

बनेपाको भिमसेन मन्दिरबाट हराएको बा.प्र.०२,०१७ प ७७२४ नम्वरको कालो, रातो रङको २२० सी.सी.को पल्सर मोटरसाइकलसहित तामाङलाई पक्राउ गरेको महाशाखाले जनाएको छ । वास्तविक नम्बर प्रदेश ३–०२, ००४ प ९५९८ खुल्न आएको सो मोटरसाईकल काभ्रे घर भएका प्रमेश्वर श्रेष्ठको रहेको समेत पत्ता लागेको छ ।

निज सवारी धनीलाई मोटरसाइकल भेटिएको जानकारी समेत दिसकेको महाशाखाले जनाएको छ । नियन्त्रणमा आएको मोटरसाइकलसहित पक्राउ परेका मानिसलाइ चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बनेपा पठाइएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया