स्काउटले भ्रम सृजना गरी चरित्रहत्या गरेको खड्का ल्यान्डको आरोप

काठमाडौं । खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि. ले नेपाल स्काउटले भ्रम सृजना गरी चरित्रहत्या गर्ने प्रयास गरेको बताएको छ । नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारी तथा निर्देशक रामप्रसाद भट्टराइले पत्रकार सम्मेलन गरी खड्का ल्यान्डमाथि स्काउटले भ्रम सृजना गरी चरित्रहत्या गर्ने प्रयास गरेको गरेकाे बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘खड्का ल्याण्डका अध्यक्षको बदनाम गर्ने चरित्रहत्यासहित स्काउटका जिम्मेवार नेतृत्वले लगाएको आरोप बदनियतपूर्ण ढंगबाट आउदा हामी स्तव्ध भएका छौँ । खड्का ल्यान्डले नेपाल स्काउटमा भएको आक्रमण र तोडफोडप्रति दुःख समेत व्यक्त गरेको छ । खड्का ल्यान्डले घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
काम गर्न नदिई पटक–पटक षड्यन्त्रमूलक ढंगबाट व्यवधान पुर्याउने गरेको स्काउटको नेतृत्वले व्यक्तिगत स्वार्थका लागि खड्का ल्यान्डले सञ्चालन गर्दै आएको कामप्रति अवरोध पुर्याउँदै आएको हो । स्काउट र खड्का ल्यान्डबीच भएको सम्झौता अनुसार खड्का ल्याण्डले दिनुपर्ने भुक्तानी नियमित दिएपनि ठूलो रकम बख्यौता रहेको भन्दै दुष्प्रचार गरिएको बताइएको छ ।
सम्झौता बमोजिम चार महिना बराबरको बहाल रकम सुरक्षण वापत अग्रीम नेपाल स्काउटको खातामा निर्विव्याजी जम्मा गरिसकिएको प्रालिले जनाएको छ । स्काउटकै निर्देशनमा सम्झौता बमोजिम खड्का ल्यान्डले निश्चित समयका लागि सञ्चालन गर्न बनाइएका संरचनालाई विना सूचना भत्काउन खोज्ने, भाडामा बस्नेलाई धम्क्याउने, तर्साउने, दुःख दिने, कर्मचारीलाई दुःख दिनेलगायतका काम गर्दै आएको बताइएको छ ।


प्रतिक्रिया