कलाकारहरुको श्रद्धाञ्जली सभाको लागि स्थान व्यवस्थापन गरिने

नेपालखोज २०७८ फागुन १२ गते १५:०५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय कलाकारहरुको निधनपछि श्रद्धाञ्जली सभाको लागि मन्त्रालयले स्थान व्यवस्थापन गर्ने बताएका छन् ।

बिहीवार वरिष्ठ लोकगायक तथा अभिनेता जयनन्द लामाको श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री आलेले आगामी दिनमा राष्ट्रिय कलाकारहरुको निधनपछि श्रद्धाञ्जली अर्पण गर्नको लागि मन्त्रालयले छलफल गरेर स्थानको व्यवस्थापन गर्ने बताएका हुन् ।

उनले देशमा भएका विकृतिहरुलाई चिरेमात्रै कलाकार लामाप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि बताए । मन्त्री आलेले गायक तथा अभिनेता लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवाजनप्रति समवेदनासमेत प्रकट गरेका छन् ।

गायक लामाको फागुन ११ गते बुधवार बिहान आफ्नो निवास भक्तपुरमा कारबाट लडेर निधन भएको थियो ।

प्रतिक्रिया