गठबन्धन भत्कनु मुलुकको हितमा हुनेछ : योगेश भट्टराई

नेपालखोज २०७८ फागुन १२ गते १५:१०

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले गठबन्धन भत्काउन एमालेले कतै धुप नबालेको स्पष्ट पारेका छन् ।संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले गठबन्धनकै कारण नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको समेत बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ‘ब्ल्याङ्क चेक’ मागेको बताएका छन् । उनले भने, ‘गुटको संकट पार्टीमा, पार्टीको संकट गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट बनाउने काम भएको छ । यो गठबन्धन भत्काउन हामी लागेको छैनौं तर भत्कनु मुलुकको हितमा हुनेछ ।’

भट्टराईले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई सहयोग गर्न नसकिने प्रष्ट पारेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीजीले एमालेसँग ब्ल्याङ्क चेक माग्नुभएको छ । एमालेले ब्ल्याङ्क चेक दिँदैन् । ब्ल्याक एण्ड ह्वाइटमा सहमति हुनुपर्छ ।’

एमसीसी पारित गराउने दायित्व प्रतिपक्षी दलको नरहेको उनले स्पष्ट पारे । भट्टराईले सरकारको मुख्य घटक नेपाली कांग्रेसले प्रतिपक्षसँग संवाद गर्नु सकारात्मक पहल भएको बताए ।

प्रतिक्रिया