संसद भवनमै देउवा र ओली छलफलमा- सरकार ढल्नेदेखि बन्नेसम्मकाे चर्चा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन् ।
छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरु सुवास नेम्वाङ तथा विष्णु पौडेल सहभागी छन् । कांग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् । संसदमा एमसीसीको विषयमा छलफल भइरहेको सन्दर्भमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो । बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरेर देउवाले ओलीसँग छलफल गरेका हुन् । छलफलमा एमसीसीमा केन्द्रित रहेको छ । सरकारको आग्रहमा प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित छ ।
एमसीसीलाई लिएर गठबन्धनमा रहेका दलले दोहोरो चरित्र देखाएपछि प्रधानमान्त्री देउवाले एमालेको साथ खाेजेका छन् । आफूहरुका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा नै सहभागी नहुने एमालेको अडान कायमै छ ।

प्रतिक्रिया