युक्रेनमा रहेका सबै नेपाली सुरक्षित : एनआरएनए
नेपालखोज
२०७८ फागुन १२ गते १६:४९

काठमाडौं । युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चिन्ता व्यक्त गरेको छ ।
एनआरएनएले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका ३८ नेपाली राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेको र पछिल्लो विकसित घटनाक्रमबीच पनि उनीहरु सबै सकुशल रहेको जनाइएको छ ।
विज्ञप्तिमा ३८ जनाबाहेक पनि युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा २०० भन्दाबढी नेपाली रहेको जानकारी प्राप्त भएकाले त्यहाँस्थित सबै नेपालीलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ । साथै युक्रेनमा रहेका सबै नेपालीलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्यांकन गरी आवश्यक परे स्वदेश फर्कनसमेत एनआरएनएले आग्रह गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया