बिहीबार, जेठ ३, २०८१

भायानेट मिनी प्याक अब भायाटिभीको साथमा !

नेपालखोज २०७८ फागुन १२ गते १८:००

काठमाडौं । भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । अब ग्राहकहरूले आठ सय रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शनसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्न सक्ने छन् ।

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको छ । यस अफरमार्फत ग्राहकहरूले उच्च–गतिको इन्टरनेटको साथ–साथै मनोरञ्जनात्मक च्यानलहरू दुवैको लाभ लिन सक्नेछन् । भायाटिभीद्वारा ग्राहकहरुले १७५+ च्यानलहरू, चलचित्र र टेलिश्रृंखलाहरू हेर्न सक्नेछन् ।

यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेटसहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि आठ सय रुपैयाँ प्रति महिनामा यो अफरको मज्जा लिन सक्नेछन् । यसबाहेक भायाटिभीको सेट–उपबक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ, जसमार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने फाइदा लिन सक्ने छन् ।

मिनी प्याकका सब्स्क्राइबरहरूले भायाटिभीको सेवा आफ्ना मोबाइल उपकरणहरूमा पनि प्राप्त गर्न सक्छन् । प्रयोगकर्ताहरूले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भायाटिभीको सुविधाहरू लिन सक्नेछ्न् ।

उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ । अल्ट्रा–फाई प्याकको मूख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो, जसको सब्स्क्रिप्शनमा २ वटा भायाटिभीहरू पनि उपलब्ध छन् । यसको मूल्य १२ सय ५० रुपैयाँ प्रति महिना रहेको छ ।

मिनी प्याकमार्फत भायनेटले सामान्य उपभोक्ताहरू मात्र नभई उच्चगतिको इन्टरनेट चाहने उपभोक्ताहरूको विशेष आवश्यकता पनि पूरा गर्ने आशा राखेको छ । भायानेट नेपालको एक अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायक हो र यसले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि नयाँ र नवीनतम इन्टरनेट सुविधाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया