शनिबार, वैशाख २२, २०८१

मंगल ग्रहमा मानिस बस्न मिल्ने घर तयार भयो

नेपालखोज २०८० वैशाख ३ गते १३:२८

अमेरिकाको ह्युस्टनस्थित जोन्सन स्पेस सेन्टरमा एउटा घर बनाइएको छ जसको सम्पूर्ण अवस्था मंगल ग्रहमा बनेको घर जस्तै छ । यो घर थ्रीडी प्रिन्टरबाट प्रिन्ट गरिएको छ, जसमा चार जनाको टिम एक वर्ष बस्नेछ ।

सबै प्रकारका सुविधायुक्त

य‍ो घरमा चार शयनकक्ष, दुई स्नानगृह, एउटा प्रयोगशाला, रोबोट स्टेसन, मेडिकल कोठा, व्यायाम कक्षका साथै एउटा आँगन पनि छ । यो घर वरिपरि बालुवा मात्र छ। यो घरमा मंगल ग्रहमा काम गर्न विभिन्न मेसिन बनाइएको छ ।

पानीको अपर्याप्तता

यो घरको नाम क्रु हेल्थ एन्ड पर्फमेन्स एक्सप्लोरेसन एनालग (CHAPEA) राखिएको छ। यो घरका बासिन्दाले सामना गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती पानीको अभाव हो । त्यसो त यो घरमा बाली लगाउने ठाउँ पनि छ।

जो यस घरमा बस्नेछन

यो प्रयोगमा सहभागी हुने व्यक्तिहरुको नाम भने तय भैसकेको छैन । नासाले ती व्यक्तिहरूको अध्ययन गरिरहेको छ र चाँडै तिनीहरूको नाम घोषणा हुन सक्छ । यो प्रयोग यही गर्मीयामबाटै सुरु हुने भएको छ । नासाका प्रमुख वैज्ञानिक ग्रेस डगलस भन्छन्- यो घर मंगल ग्रहको घर जस्तै छ ताकि हाम्रो टिमका मानिसहरूले मंगल ग्रहमा बस्दा जस्तै ती सबै अवस्था यहिँ अनुभव गर्न सकून् । यसबाट हामी के पनि बुझ्न सक्षम हुनेछौं भने मानिसहरूमा त्यो परिस्थितिको प्रभाव के हुन्छ ?

कति टिकाउ घर ?

यो घर मार्फत ती प्रविधिहरूको परीक्षण गरिनेछ, जुन मानवलाई मंगल ग्रहमा पठाउन प्रयोग गरिनेछ । यससँगै वैज्ञानिकहरूले आफूले बनाएका वस्तुहरू मंगल ग्रहमा कति टिक्न सक्छन् भन्ने जानकारि पनि पाउनेछन् ।

प्रतिक्रिया