मनिषा र हमाल एनआईसी एशिया बैंकको विज्ञापनमा

काठमाडौं । नायिका मनिषा कोइराला र महानायक राजेश हमाल एनआइसी एशिया बैंकको विज्ञापनमा देखिने भएका छन् ।
नायिका मनिषा कोइरालाले आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै महानायक हमाल र आफू एनआइसी एशिया बैंकको विज्ञापनमा देखिने कुराको जानकारी गराएकी हुन् । लामो समय बलिउड क्षेत्रमा एकक्षत्र राज गरेकी नायिका कोइराला हाल नेपालमा बस्दै आएकी छन् ।


एनआईसी एशियाले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरिसकेको छ ।
प्रतिक्रिया