तीन दलका शिर्ष नेताबीचको छलफल सकारात्मक : उपाध्यक्ष नेम्वाङ

नेपालखोज २०७८ फागुन १२ गते २०:१५

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल सकारात्मक भएको बताएका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग एमाले अध्यक्ष ओलीले बिहीवार संसद् भवनमा भेटवार्ता गरेका थिए । भेटवार्ताको क्रममा एमसीसी र राष्ट्रिय राजनीतिको सम्बन्धमा तथा संसदको गतिरोध अन्त्य गर्ने विषयमा व्यापक छलफल भएको उपाध्यक्ष नेम्वाङले बताए ।

छलफल सकारात्मक भएको उनले बताए । छलफललाई अझै निरन्तरता दिइने उनको भनाई छ । उपाध्यक्ष नेम्वाङले एमाले सबैकुरा सकिएपछि अन्त्यमा फुटाएर भएपनि काम चलाउनुपर्ने खुत्रुके जस्तो भने नभएको स्पष्ट पारे । उनले छलफल सकारात्मक रुपमा अगाडी बढेको भएपनि ठोस निष्कर्षमा भने नपुगिएको बताए ।

प्रतिक्रिया