‘गठबन्धनमा बस्ने तर सरकारको प्रस्तावमा विमति राख्ने विषय सुहाएन’

नेपालखोज २०७८ फागुन १२ गते २०:३२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रुपमा रहेका नेकपा माओबादी केन्द्र र नेकपा समाजवादीलाई द्वेध चरित्र नदेखाउन आग्रह गरेका छन् । विभिन्न राजनैतिक दलहरुको गठबन्धन तत्कालिन राजनैतिक निकाश र संविधानको रक्षाको निम्ति बनेको भए पनि राज्यको आवश्यकतासँगै सम्वृद्धि विकाशको मुद्दामा पनि एक ठाउमा आउनुपर्ने बताए ।

बिहीबार साँझ संचारर्कीसँग कुरा गर्दै महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धन बस्ने तर सरकारको प्रस्तावमा विमति राख्ने विषय नसुहाउने बताए । जनताको हितको विषयमा सत्ता पक्ष र विपक्षी दल एक ठाउ आएर निकाश निस्कन सक्ने वातावरण बन्ने अवस्थामा नेपाली कांग्रेसले गठबन्धन कुरेर नबस्ने पनि महामन्त्री शर्माले स्पष्ट पारे ।

प्रतिक्रिया