महिन्द्राको नयाँ इलेक्ट्रिक कार

काठमाडौं । भारतीय मोटर निर्माता महिन्द्राले महिन्द्रा एसयूभी ३०० ईभी लन्च गर्ने तयारी गरेको छ । यसलाई जुलाई महिनापछि बजारमा पठाइने बताइँदै छ । महिन्द्राले आफ्नो ई-भेइकल एसयूभी ३०० ईभीलाई २०२० को नयाँदिल्ली अटो एक्सपोमै प्रस्तुत गरेको थियो । यो गाडीको लुक निकै स्टाइलिस भएको र त्यसले यसलाई खास बनाएको बताइन्छ ।
इलेक्ट्रिक कारहरुबीच प्रतिस्पर्धा
महिन्द्रा एसयूभी ३०० ईभीले टाटा नेक्सोन ईभी तथा २०२२ एमजी जेडएस ईभीजस्ता इलेक्ट्रिक कारसँग प्रतिस्पर्धा गर्नेछ । यी दुवै गाडी अहिले बढी बिक्री भइरहेका इलेक्ट्रिक कार पनि हुन् ।
फूल चार्जमा ३०० किलोमिटर
महिन्द्रा एसयूभी ३०० ईभी एकपटकको फूल चार्जमा नरोकिई ३०० किलोमिटर गुड्न सक्ने जानकारी महिन्द्राले दिएको छ । यसको इलेक्ट्रिक मोटरले १३० बीएचपीको म्याक्सिमम पावर जेनरेट गर्छ । यो इलेक्ट्रिक मोटरलाई पावर दिन यसमा ४० केडब्ल्यूएचको ब्याट्री प्याक फिट गरिएको छ ।
मूल्यको कुरा
भनिन्छ महिन्द्राले आफ्नो यो नयाँ इलेक्ट्रिक कार १६ देखि २५ लाखको अन्तर्राष्ट्रिय मूल्यमा बजारमा उतार्नेछ ।
इलेक्ट्रिक कार सेग्मेन्टमा प्रवेश
महिन्द्राले आउने ७ वर्षमा १६ वटा नयाँ इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ । यसमा ८ वटा इलेक्ट्रिक एसयूभी गाडी तथा ८ वटा लाइट इलेक्ट्रिक कमर्शियल भेइकल हुनेछन । एक अर्को सुचना अनुसार महिन्द्रा कम्पनीले महिन्द्रा एसयूभी ३०० ईभीलाई जुलाईदेखि डिसेम्बरको बीचमा जुनसुकै दिन बजारमा पठाउने योजना बनाएको छ ।
प्रतिक्रिया