संसारलाई मुकेश अम्बानीका ५ सुझाव !

काठमाडौं । रिलायन्स इन्डस्ट्रिजका चेयरम्यान तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीले संसारलाई यो धर्ती जोगाउन तथा मानव जीवनलाई अझ राम्रो बनाउन पाँचवटा सन्देश दिएका छन् । एसिया इकोनोमिक डायलग- २०२२ मा पीआईसीका अध्यक्ष रघुनाथ माशेकरका साथ कुराकानी गर्दै अम्बानीले विभिन्न मुद्दामा आफ्नो राय प्रकट गर्दै यो धर्तीलाई जोगाउन जरुरी भएको कुरा बताए ।
हेरौं अम्बानीका पाँच सुझाव :
१ – पृथ्वी मानिस रहन लायक एकमात्र प्लानेट हो, जसले अहिले जलवायु परिवर्तनको ठूलो संकट व्यवहोरिरहेको छ । संसारलाई यो संकटबाट जोगाउने प्रयास गर्नु प्रत्येक देशका हरेक नागरिकको जिम्मेवारी हो अन्यथा हामी सबै नष्ट भएर जानेछौं ।
२ – १८औं शताब्दीभन्दा पहिलेसम्म एसियाको जीडीपी संसारमै सबैभन्दा बढी थियो । बीचका दुई शताब्दीमा केही समस्या देखापर्यो । यद्यपि आउने एक दशकमा एसिया फेरि संसारको आर्थिक केन्द्र बन्नेछ । अब चाँडै संसारको कुल अर्थव्यवस्थामा एसियाको हिस्सेदारी ६० प्रतिशत पुग्नेछ ।
३ – न्यु इनर्जी (ग्रिन इनर्जी) को बलमा आउने २० वर्षमा भारत सुपरपावर बन्नेछ । यसबाट भारतमा रिलायन्स जत्रो २० देखि ३० वटा नयाँ इनर्जी कम्पनी खडा हुनेछन् ।
४ – अब संसारले आफ्नो ध्यान ग्रिन इनर्जीको उत्पादनमा केन्द्रित गर्नुपर्छ । ग्रिन इनर्जी प्रोजेक्टमा लगानी गरेर हामी संसारको मुहार फेर्न सक्छौं । त्यसै पनि अहिले ग्रिन इनर्जीको माग लगातार बढिरहेको छ ।
५ – संसारले अब EARTH-FRIENDLY INDUSTRIAL REVOLUTION मा ध्यान दिनुपर्छ । यो परिवर्तन प्रविधिका माध्यमबाटै सम्भव छ । हामीले प्रविधिको प्रयोग आफ्नो विकासका साथ मदर नेचरलाई जोगाउन पनि गर्नुपर्नेछ ।
प्रतिक्रिया