एमसीसीमा चर्को मतभेद हुँदा सत्ता गठबन्धन विघटनको संघारमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । एमसीसी सम्झौतामाथि छलफल प्रक्रिया सुरू गर्ने गरी बिहीबार डाकिएको बैठक सरकारको आग्रहमा आज दिउँसो १ बजेसम्मका लागि सारिएको थियो ।
सत्तारुढ घटकहरुले एमसीसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम घडीमा बैठक स्थगित गर्न आग्रह गरेका थिए । आज पनि एमसीसीमाथि छलफल र मतदानको प्रक्रिया अघि बढ्ने अवस्थामा मात्रै संसद बैठक बस्ने बताइएको छ ।
यता एमसीसी सम्झौतामा मतभदे बढ्दै जाँदा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ । नयाँ गठबन्धनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) निर्णायक संवादमा जुटेका छन् । अर्कोतर्फ बामपन्थी गठबन्धन बनाउनका लागि पनि प्रयास सुरू भएको छ ।
अब एमसीसी र नयाँ गठबन्धन छनौटको मौका नेकपा एमालेलाई जुरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो सामूहिक र एक्ला–एक्लै छलफल भएको छ । दुई पक्षीय वार्ता सहमति नजिक पुगेको बताइएको छ । सहमतिको खाका तयार पार्न आज फेरि छलफल हुने पनि बुझिएको छ ।

प्रतिक्रिया