खुमलटारमा सरकार छाड्न छलफलमा जुट्याे मा‌ओवादी, माधव पनि बैठकमा सहभागी हुने

नेपालखोज २०७८ फागुन १३ गते १२:२२

काठमाडौं । एमसीसीलाई लिएर सत्ता गठबन्धन नेपाली कांग्रेसले मा‌ओवादी केन्द्रलाई दबाब बढाएको छ । कांग्रेसले सरकार छाड्न दबाब दिइरहेकाे समयमा मा‌ओवादी केन्द्रका नेताहरु छलफलमा जुटेका छन् ।

एमसीसीको विषयलाई लिएर गठबन्धन टुट्न लागेको छ । नेकपा माओवादी केन्द्रका नेता रणनीति बनाउन छलफलमा जुटेका हुन् । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा शीर्ष नेताहरू बैठक बसिरहेका छन् । छलफल सरकारमा बस्ने वा नबस्नेबारे निर्णयमा केन्द्रित रहेको बताइएको छ ।

मा‌ओवादीमा सरकारबाट बाहिरीले एकमत छैन् । प्रचण्डकाे सचिवालयले भन्याे, ‘सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ ।’

नेकपा एकीकृत समाजवादीका नेताहरूसँग पनि छलफल गर्न लागेको बताइएको छ । यसका लागि माओवादी नेताहरूले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् । पार्टीको पूर्वनिर्धारित कार्यक्रममा धनगढी पुगेका नेपाल प्रचण्डको टेलिफोनपछि फर्किसकेका छन् ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति हुने करिब निश्चित भएपछि प्रचण्डले माधवसहित संयुक्त रणनीति बनाउन लागेको स्रोतको दाबी छ ।संसद बैठकमा एमसीसी टेबलसँगै नेपाली कांग्रेस एमसीसी अनुमोदनको पक्षमा छ । एमसीसीको विपक्षमा उभिएका कारण सत्ता गठबन्धनका घटकहरू माओवादी र नेकपा एसलाई सरकार छाड्न दबाब परेको छ ।

माओवादी गठबन्धनलाई तीनै तहको चुनावसम्म लैजान चाहान्थे । तर एमसीसीका कारण सफल हुन सकेन । एमसीसीका विषयलाई लिएर खटपट सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मा‌ओवादीले अन्तिम समयमा धोका दिएको बताउँदै आएका छन् । रुष्ट देउवा एमालेको माग सम्बाेधन गरेर अगाडि बढ्न तयार भएका छन् ।

प्रतिक्रिया