प्रतिनिधिसभा बैठक सरकारको आग्रहमा स्थगित, देउवा एमसीसीबारे रणनीति बनाउँदै

नेपालखोज २०७८ फागुन १३ गते १२:५६

काठमाडाैं । प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । बैठक आइतबार बस्ने गरी स्थगित भएको हो ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई बैठकको मिति सार्न भनेका थिए ।सरकारका तर्फबाट कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।

कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको सभामुखको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अब बस्ने बैठकबाट नै एमसीसी पास गर्न चाहान्छन् । उनले एमालेसँग बैठक जारी राखेकाले प्रतिनिधिसभा बैठक बस्न नसकेको हो ।

गठबन्धनकाे फुटकाे संघारमा छ । आज बस्ने भनिएको बैठकमा एमसीसीबारे छलफल गर्ने कार्यसूची थियो । तर एमालको अवरोध कायम रहेकाले एमसीसी पास नहुने खतरा थियो । बहुमत जुटाउन् देउवा लागिपरेका छन् । उनले कसैगरी एमसीसी अनुमोदन गरेर छाड्ने रणनीति अवलम्बन गरेका छन् ।

यसअघि बिहीबार पनि सरकारकै आग्रहमा बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया