सानिमाका ग्राहकले तरकारी किन्दा क्यूआर कोडबाट भुक्तानी गरे ‘क्यास ब्याक’

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको प्राप्त गर्न सक्ने भएका छन् ।
बैंकका अनुसार यो योजना २०७८ फागुनदेखि २०७९ वैशाख मसान्तसम्मका लागि लागु हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबारमा दुई प्रतिशत वा अधिकतम २० रुपैयाँ तथा मासिक अधिकतम पाँच सय रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । क्यास ब्याकबापत रकम आगामी महिनाको पहिलो साता ग्राहकको खातामा जम्मा गरिने बैंकले जानकारी दिएको छ ।
ग्राहकहरुले प्ले स्टोर वा एप स्टोरबाट सानिमा सजिलो ई बैंकिङ एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार चलाउन सक्नेछन् । सानिमा बैंकको देशभर सातै प्रदेशमा गरी १२३ वटा कार्यालय तथा १०३ वटा एटीएम सञ्चालनमा छन् ।
प्रतिक्रिया