शनिबार, असार १४, २०८२

थपिए २७५ संक्रमित, ५५५ जना डिस्चार्ज

नेपालखोज २०७८ फागुन १३ गते १७:०८

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी कुल २७५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ५५५ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ५५ हजार ४५८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ८ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९३२ पुगेको छ।

त्यस्तै, गत चौबीस घण्टामा देशभर थप १ लाख २२ हजार ४९३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया