देउवा-प्रचण्ड वार्ता, गठबन्धन जोगाउन सकारात्मक कदम चाल्ने सहमति

नेपालखोज २०७८ फागुन १३ गते १७:५१

काठमाडाैं । नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्रीबीच सकारात्मक छलफल भएको छ । बालुवाटारमा भएको छलफलमा गठबन्धन तत्काल नभत्काउने सहमति भएको हो ।

सत्ता गठबन्धनभित्र खटपट रहेको भनिएको समयमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको दावी गरिएको छ।

अघिल्लो दिन कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन अघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको छलफलमा थिए । एमालेसँगको संवाद सकारात्मक रहेको र वर्तमान गठबन्धन अघि बढ्न सक्ने अवस्था नरहेको कांग्रेसले निचोड निकालेको थियो ।

छलफलमा फेरि गठबन्धन जोगाउन दुबै पक्षबीच सकारात्मक ढंगले छलफल भएको छ। प्रचण्ड गठबन्धन जाेगाउनु पर्नेमा स्पष्ट छन् । उनले गठबन्धन बनाउन आफ्नो मह्त्वपूर्ण भूमिका रहेकाले नताेडाैं भनेर देउवासँग आग्रह गरे ।

बैठकमा देउवासहित काँग्रेसबाट पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की र गगन थापा तथा माओवादीको तर्फबाट प्रचण्डसहित जनार्दन शर्मा सहभागी थिए ।

प्रतिक्रिया