आइतबार, जेठ ५, २०८२

मिलनचोकमा पनि खुल्यो नेचरको चौथो शाखा, अध्यक्ष धामी भन्छन्- अझ सेवा विस्तार गर्छौं

नेपालखोज २०७८ फागुन १४ गते ११:००

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुलेको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा चौथो शाखा सञ्चालनमा ल्याइएको अध्यक्ष जनक धामीले जानकारी दिए ।

अध्यक्ष धामीका अनुसार बानेश्वर तथा आसपासका क्षेत्रका ग्राहकलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याइएको हो । नेचरले खाद्यान्न, ग्रोसरी तथा दैनिक उपभोग्य सामान प्रालिले ग्राहकमाझ उपलब्ध गराउँदै आइरहेको छ ।

‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको नेचरले बजारको माग र आम उपभोक्ताको आवश्यकताअनुसार सेवा प्रदान गर्न सफल भएको अध्यक्ष धामीले बताए । ‘हामीले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराएका छौं । ग्राहकको सुविधालाई ध्यानमा राखेका छौं,’ उनले भने, ‘अझ सेवा विस्तार गर्छौं ।’

काठमाडौंको मैतीदेवीमा मुख्य शाखा रहेको नेचरले यसअघि काठमाडौंको नरेफाँट र भक्तपुरको बालकोटमा शाखा सञ्चालनमा ल्याइसकेको छ । व्यावसायिक क्षेत्रमा तीन दशक लामो अनुभव सँगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालन भइरहेको छ ।

No description available.
No description available.

प्रतिक्रिया