शनिबार, असार १४, २०८२

गत चौबीस घण्टामा थपिए १५५ संक्रमित, ५४० जना डिस्चार्ज

नेपालखोज २०७८ फागुन १४ गते १६:००

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १५५ जनामा कोरोना भाइरस संंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट २ हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र २ हजार ९१३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५४ जना गरि कुल १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ५४०जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ५५ हजार ९९८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ९ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९३४ पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर थप १ लाख २९ हजार ११९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया