एमाले-कांग्रेस बैठकमा मिलेन कुरा, अब के हुन्छ एमसीसी ?

नेपालखोज २०७८ फागुन १४ गते १९:१५

काठमाडौं । संसद् खुलाउने र एमसीसी अनुमोदन गर्ने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच भएको छलफल विना निष्कर्ष सकिएको छ । आज ओली निवास बालकोटमा बसेको बैठकमा सहमति जुट्न सकेन् ।

एमाले र कांग्रेसका दोस्रो तहका नेताहरुबीच भएको वार्तामा निष्कर्ष निस्किएन् । एमालेले अडान दाेहोर्‍याएको एमालेका महासचिव शंकर पोख्रेलले बताए । उनले एमाले आफ्नो अडानबाट यताउता नभएको स्पष्ट पारे । उनले एमालेको माग पुरा भएपछि थप निर्णयमा पुगिने बताए । उनले नभए एमाले संसद्मा समेत अबरोध गर्न मात्र प्रस्तुत हुने स्पष्ट पारे ।

छलफलपछि सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमालेसँग प्रस्ताव राखेपनि एमालेले पुरानै अडान दोहोर्‍याएको बताए । कार्कीले एमालेले पुरानै अडान दोहोर्‍याएको भन्दै संसद्मा आफूहरूलाई प्रवेशको ढोका खोल्नुपर्छ भन्ने सर्त नछाडेको बताए ।

कांग्रेस एमालेबीच शनिबारको छलफललाई निर्णायक भनिएको थियो । आइतबारको संसद् बैठक खुल्छ भन्ने ? प्रश्नमा मन्त्री कार्कीले भने, ‘मैले तपाईंहरूलाई नयाँ खवर भनौला भनेको थिएँ त्यो भएन ।’

उनले अहिलेसम्म गठबन्धन दायाँबायाँ नभएको समेत बताए । उनले संसद् सुचारु होस् भन्ने आशामात्र गर्न सकिने बताए ।

प्रतिक्रिया