पहाडी भू-भागमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

नेपालखोज २०७८ फागुन १५ गते ६:३०

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

देशको पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ। पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भई रहेको छ ।  

देशको पहाडी भू-भागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना  रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशको पहाडी भू-भागमा आज राति आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया