आइतबार, वैशाख २८, २०८२

इटालियन सिरी ए फुटबल : युभेन्ट्स विजयी

नेपालखोज २०७८ फागुन १५ गते ७:५३

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले इम्पोलीलाई हराएको छ । गएराति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ३-२ गोल अन्तरले हराएको हो ।

खेलको ३२ औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा जुर्कोवास्कीले गोल गर्दै इम्पोलीलाई १-१ को बराबरीमा ल्याए ।

खेलको ४५ औं मिनेटमा डुसन भ्लाहोविचले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए । ७६ औं मिनेटमा आन्द्रे ला मान्टियाले गोल गरेपछि इम्पोलीले खेल २-२ को स्थितिमा ल्यायो ।

त्यसपछि खेलको ६६ औं मिनेटमा डुसंले गोल गर्दै युभेन्ट्सलाई ३-२ को जित दिलाए । यस जितसँगै युभेन्ट्सले २७ खेलमा ५० अंक जोडेको छ ।

प्रतिक्रिया