आइतबार, वैशाख २८, २०८२

जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखको जित

नेपालखोज २०७८ फागुन १५ गते ७:५६

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले फ्रान्कफुर्टलाई १-० गोल अन्तरले हराएको हो ।

बायर्नलाई जित दिलाउन लोरी सानेले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै बायर्नले २४ खेलमा ५८ अंक जोडेको छ ।

बायर्नले बोरुसिया डर्टमण्डविरुद्ध ९ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको डर्टमण्डको ४९ अंक रहेको छ ।

प्रतिक्रिया