प्रचण्ड र माधव एमसीसी अनुमोदन गर्न यसरी तयार भए ?

काठमाडौं, फागुन १५ । सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी पारित गर्न तयार भएका छन् । गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न अग्रसर भएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बालकोट नै गएनन् । देउवालाई माधव र प्रचण्डको फोन आएपछि उनी कतै गएनन् । गठबन्धन नटुटाउन् लचक हुने प्रचण्ड र माधव को वाचा थियो । हिजो बालकोटमा एमाले र कांग्रेसका दोस्रो तहका नेताबीच छलफल भयो । वार्तामा कुनै सहमति भएन ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा, माओवादी केन्द्रका नेता शक्ति बस्नेत र अधिवक्ता गोविन्द बन्दीको टोलीले एमसीसीबारे व्याख्यात्मक टिप्पणीको ड्राफ्ट तयार पारेका छन् । राति अबेरसम्म देउवासहितका नेताहरू छलफलमा जुटेका थिए।
देउवासँग शनिबार राति नै खुमलटारमा दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । देउवालाई भेट्नुअघि दाहाल र नेपालले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटघाट गरी गठबन्धन नटुटाउने र वैकल्पिक विधिमार्फत एमसीसी पारित गर्ने विषयमा छलफल गरेका थिए।
संसद्मा एमसिसी पेस भएपछि निरन्तर दौडधुपमा रहेका सत्ता गठबन्धन दलकै नेताहरूको संवाद बिनानिष्कर्ष टुंगिदै आएको थियो । फागुन ८ मा एमसिसी संसद्मा पेस भएपछि सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस पक्षमा र वामपन्थी घटक विपक्षमा उभिंदा सरकारले प्रमुख प्रतिपक्षीको सहयोग खोज्नुपर्ने अवस्था आएको थियो।

प्रतिक्रिया