सत्ता गठबन्धनको बैठक जारी

नेपालखोज २०७८ फागुन १५ गते ११:४४

काठमाडौं । सत्ता गठबन्धनको बैठक अहिले बालुवाटारमा जारी छ । बैठकमा शीर्ष नेताहरूले एमसीसी सम्बन्धमा अन्तिम निर्णय गर्ने प्रयास गर्दैछन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले घनिभूत छलफल गरिरहेका छन् ।

सत्ता गठबन्धनका नेताहरु व्याख्यात्मक टिप्पणीसहित एमसीसीलाई प्रतिनिधिसभा बैठकबाट पारित गर्ने तयारीमा रहेको बुझिएको छ । आजको बैठकमा पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने र सत्ता गठबन्धन पनि जोगाउने विषयमा अन्तिम निर्णय हुनेछ ।

एमसीसी सम्बन्धमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल हुने भएको छ । संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

प्रतिक्रिया