आइतबार, जेठ ६, २०८१

पल शाह तनहुँमा पक्राउ

नेपालखोज २०७८ फागुन १५ गते १२:५९

काठमाडौं । पल शाह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गरेको छ । स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै पक्राउ दिन चाहेको स्रोतको भनाइ छ ।

नायक पल शाहले आज प्रहरीसमक्ष आत्मसमर्पण गरे हुन् । उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा केहि समयअघि आत्मसमर्पण गरेको प्रहरीले बताएको छ । उनी हिजो राति नै तनँहु पुगेको बुझीएको छ ।

पलविरुद्ध जिप्रका तनहुँमा नाबालिकामाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी फरार रहेका थिए । उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए ।

प्रतिक्रिया