सोमबार, वैशाख १७, २०८१

‘छाड्ने र आउनेको के ठेगान नेपालमा…’

नेपालखोज २०७८ चैत १० गते १२:२६

मनोज गजुरेल लेख्छन्-
‘पार्टी प्रवेश’लाई स्वागत गरेजस्तै ‘पार्टी छोड्ने’लाई बिदाइ कार्यक्रम पनि राखौं न, पल्ला कता भारी हुँदो र’छ !
अब हेरौं यसमा आएका प्रतिक्रिया :

अहिले गइन् करिश्मा, पहिले कोमल !
जाउँ कि बसुँ भन्दै मनोज भए अलमल !
देवी आर पण्डित

यो सुझाव गजब लाग्यो ।
दामोदर न्यौपाने

एउटा पार्टी बाट अर्को पार्टीमा गएको संख्या जोड्दा नेपालको कुल जनसंख्या भन्दा नि बेसि हुन गयो। त्यसैले संचार माध्यमहरुले अब देखि देशको कुल जन्सख्या सङ्ग मेल खानेगरी समाचार बनाउनु पर्यो। यसो बिचार गर्दा कुनै पार्टी मा नलागेका जनता लोप हुने अवस्था आयो , तीनको संरक्षण गर्नु पर्यो।
भोजराज तिवारी

तपाईंको नाम त्यो बेला पनि अग्रपँक्तिमै आउला नि । अध्यक्ष कामरेड ओलीले तपाईंको भूमिका र योगदानलाई नै चुनौती दिन थालेपछि पार्टीमा रहनु कति उचित होला ? यसको व्याख्यात्मक टिप्पणी होस् भन्ने हाम्रो प्रस्ताव छ ।
गौतम दाहाल

कहाँ बाट फुर्छ हौ दाइ तँपाइलाइ यस्ता खाले रचनात्मक शुझाबका वाक्यहरु?? अब पार्टी नेतृत्वले यो सुझाबलाइ मनन गर्दै पार्टी परित्याग गरि निक्लन चाहनेहरुलाइ फुलमाला सहित बिदाइ गरोस , अन्यथा हामिले आउँदो चुनाबमा नेताहरुकै राजनितिक जीवनबाटै बिदाइ गर्न नपरोस??
यज्ञ तिमिल्सिना

सेकेन्डह्यान्ड पार्टी खोलुम दाजु हामी । अध्यक्ष तपाईं नै हुनु कार्यकर्ता थुप्रै छन् बेरोजगार भएर बसेकाहरू, विपक्षमा ठूलीभाउजू जिन्दावाद ।
बालकृष्ण पौडेल

एकदम सही, पेन्सन नखाई सारा राजपाट छाडी जाने लाई सम्मान सहित बिदाइ कार्यक्रम राख्नैपर्ने हो।
ओम शाक्य

ऐलेसम्म संसारमा दुइटा पार्टी छन । दले पार्टी र दालभात, मासुभात पार्टी । पल्ला भारी दालभात र मासुभात पार्टीमा हुन्छ । चुनाउ आउँदै छ विचार गर्नुहोला नत्र ।
प्रवीण शर्मा

जेठिलाई छोड्दा बिदाई कार्यक्रम गरेको भए भन्न सुहाउँथ्यो ।
बिसोप पिडिआई

जात्रा न हो । जीवनमा रमाइलो चाहिने हो,जनताले रमाइलो मानिराछन भइगयोनी।बरु ६/६महिनामा चुनाव गर्न पाए कति राम्रो ?
सुरेश कटुवाल

तत्कालीन अवस्थामा माओवादीतिर पल्ला भारी हुन्छ ।
रमेश आचार्य

छाड्ने र आउनेको के ठेगान र नेपालमा ।
सुरेश गौतम

अब कलाकार जति नेताहरूको एनर्जी देखेर प्राटी प्रबेश गर्न थाले अब हजुरको पालो है गजुरेल जि तर अरुको एनर्जी हेरेर भन्दा पनि आफ्नै एनर्जी देखाएर देश बनाउने उदेश्य्ले जानू होला ।
सुनीता गुरुङ

मीना पार्टी त्याग गर्नुभएकोमा हार्दिक बधाई ।
अच्युतराज तिवारी

पार्टी छोडेर जानेलाई बिदाई कार्यक्रम राख्नु र आफुलाई छोडेर जाने श्रीमतीलाई तामझामका साथ बिदाइ गर्नु उस्तै हो ।
राजेन्द्र ओझा

बिहे गरेर डिबर्स गर्दा पनि भब्य तरिकाले गर्नु पर्छ आफ्नै श्रीमती भए पनि महिनाबारि भएको बेला पेलि पेलि डिबर्स दिनु हुँदैन भन्ने नियम लागु गर्नु पर्यो सरकार ।
विवेक

स्वामी जि हजुर को लागि विशेष पार्टी प्रवेश कार्यक्रम राख्नुपर्ला तपाईं हाम्लाइ चाहिने मुन्छे हो ।
सुनील श्रेष्ठ

कुन पार्टी के का पार्टी
सब नाटक बाजि , भनेर भन्न मिल्दैन ।
प्रयास श्रेष्ठ

आँफैबाट सुरु गरेको भए राम्रो हुने थियो, बिहे गर्दा जुन तामझाम थियो पारपाचुके गर्दा किन मौन ?
विपिन ओझा

दोहोरो गणना नगरुम भनेर होला नि ! छोड्नेहरु पनि अन्तत: अर्कै पार्टीमा प्रवेश हुने होला क्यारे त्यतिबेला गणना भैहाल्छ नि ! तपाइँको नाम नआकोले दु:ख लाको र ? अनि तपाइँ निक्लेसी निक्ल्यानिक्लेइ गर्ने हो र?कहिं प्रवेश नगर्ने हो र? यस्तो त नगरुम है हजुर ओंत त लाउनै पर्ला नि कसैकोमा !
बालचन्द्र भण्डारी

डिभोर्स गर्दै बिहे गर्नेहरुको नि नामावली टिपुम त कसको पल्लाभारी हुँदो रैछ ?
नारायण कुलुङ

तपाईं कता जाने लौ न म पनि त्यतै जान्छु ।
तुलसी श्रेष्ठ

राजनीति लाई स्वार्थ संग जोडे पछि … जस्तै ब्यक्ती राजनीति दलमा प्रवेश गरेनी फरक पर्दैन !!
सुजन चेम्जोङ लिम्बू

म ‘जोरपार्टी’ छोडेर ‘चुच्चेपार्टी’ प्रवेश गर्दैछु मलाई पनि स्वागत् गरिबक्सियोस् न कसैले प्लिज।
भवानी नेपाल

दुनियाँलाई हसाएर पागल बनाउनु भन्दा तपाईं पनि बाबुरामको पार्टीमा लागेर अध्यक्ष बन्नुहोस !
हुकुम थापा

बिहे गर्दा स्वागत पार्टी गरे जस्तो , डिभोर्स गर्दा पनि बिदाइ पार्टी दिम न , पल्ला कता भारी हुन्छ ?
डीराज ठकुरी

यो कार्यान्वयन हुन अलि गाह्रो हुन्छ की दाजु । लाप्पा खेल्ने सम्भावना बढी हुन सक्छ ।
विष्णु खनाल

तपाईलाई यो स्थानीय चुनावमा मिना भाउजुले धुलो चटाउने रे ।
निर्पा सिंह कडायत

पोईला जानेलाई के को बिदाई ?
इन्द्र न्यौपाने

करिस्मा दिदीलाई कलाकारिता क्षेत्र बाट बिदाईको कार्यक्रम कहिले छ दाजु ।
धानुक दीपक

तपाईंले जेठी बूढीलाई छोड्दा बिहेको जस्तै गरी बिदाई कार्यक्रम गर्नु भयो र ?
अशिम खड्का

प्रतिक्रिया